भारतमा एकैदिन ३ लाखभन्दा बढीमा काेराेना संक्रमण

नयाँ दिल्ली । भारतमा पछिल्लो एक दिनमा तीन लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएकाे छ । सोमबार बिहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जना नयाँ संक्रमित भेटिएका हुन् ।

अघिल्लो दिनको तुलनामा भने दैनिक संक्रमितहरूको संख्या घटेको देखिएको छ । याे अघिल्लो दिनभन्दा २७ हजार ४६९ ले कम हो ।

त्यसैगरी भारतमा दैनिक परीक्षण पनि घटेको छ । अघिल्लो दिन १८ लाख ७५ हजार ५३३ जनाको परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा १४ लाख ७४ हजार ७५३ जनाको परीक्षण गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या २२ लाख ४९ हजार ३३५ रहेको छ ।

भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरूको संख्या ४ लाख ८९ हजार ८४८ रहेको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा दुई लाख ४३ हजार ४९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *