श्रीमतीको हत्या गरी श्रीमान फरार

धनगढी । कैलालीमा एक जनाले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नं ९ स्थित बल्मीका परशुराम रोक्का मगरले आइतबार साँझ श्रीमती भावना रोक्का मगरको हत्या गरेका हुन् ।

उनी श्रीमतीको हत्या गरेर फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घर झगडाकै बेला रोका मगरले आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरी फरार रहेका रोका मगरको खोजी हुनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *