नोवेल मेडिकल कलेजको आन्दोलन रोक्न विद्यार्थीलाई प्रशासनको निर्देशन

विराटनगर । विराटनगरमा रहेको नोवेल मेडिकल कलेजमा लामोे समयदेखि विद्यार्थीको आन्दोलन जारी छ । नोवेल मेडिकल कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थी आन्दोलित भएका हुन् । अतिरिक्त शुल्क मिनाहाको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनलाई जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलनका कार्यक्रम स्थगन गर्न अनुरोध गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को तेस्रो भेरियन्ट ओमिक्रोनका कारण मोरङमा कोरोनाको संक्रमण अत्याधिक बढेकोले यस्तो अवस्थामा आन्दोलन गर्दा कोरोना संक्रमणको जोखिम झन् बढ्न भएकाले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिदिन प्रशासनले अनुुरोध गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार जारी गरेको निर्देशनमा चालू आ.व.मा एमबिबिएसमा भर्ना हुने विद्यार्थीहरुलाई नोवेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगबाट निर्धारण भएको भन्दा बढी रकम लिएको विषयमा अनुसन्धान गरी कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढिसकेकोले आन्दोलन स्थगित गर्न अनुरोध गरिएको हो ।

विद्यार्थीलाई अन्दोलन स्थगित गर्नं लेखिएको पत्रलाई गृह मन्त्रालय, चिकित्सा शिक्षा आयोग र काठमाडौँ विश्वविद्यालयलाई बोधार्थ दिईएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *