क्रिप्टो करेन्सी अवैध हो कारोबार गरे कारबाही हुन्छः  राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सी पूर्णतः अवैध रहेकाले यसको कारोबार गरे कारबाही हुने बताएको छ ।

राष्ट्र बैंकले नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सी कारोबार तथा व्यवसायमा संलग्न भएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनामा हालैका दिनमा उच्च प्रतिफल दिने प्रलोभन देखाइ भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सी कारोबार बढेको पाइएकाले यस्ता करेन्सीको हाइपर फन्डजस्ता कोषमा लगानी नगर्न भनेको हो ।

केन्द्रीय बैंकले जोसियल, क्राउड वान, सोलम्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङमाआबद्ध हुन प्रोत्साहन गर्ने गराउने कामलाई पनि   रोक्न निर्देशन दिएको छ  । भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सीले नेपालमा कानुनी मान्यता नपाएकाले यस प्रकारका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने राष्ट्र बैकले जनाएको छ ।

प्रहरीले केही दिन अघि क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको अभियोगमा तीनजनालाई पक्राउ गरेको थियो । त्यसपछि यो कारोबार बैध कि अवैध भन्ने प्रश्न उठेकोमा राष्ट्र बैँकले यो कारोबार अवैध भएको स्पष्ट पारेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *