कैलालीमा मास्क अभियान, सीडीओ र एसपी सडकमा

धनगढी । कैलालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि थालिएको ‘तपाईंको मास्क खै’ अभियानलाई प्रभावकारी बनाउन थालिएको छ ।

आइतवार कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीसहितको टोली ‘तपाईंको मास्क खै’ अभियानलाई प्रभावकारी बनाउन सडकमा निस्किएकाे हाे ।

‘कोभिड–१९ को जोखिम बढ्दै गएकाले सबैले अनिवार्य मास्क लगाऔँ’ लेखिएको ब्यानर बोकेको प्रहरीसहितको टोली बजारमा निस्किएको हो । प्रमुख जिल्ला अधिकार थापा र एसपी अधिकारीसहितले बजार क्षेत्रको अनुगमनका क्रममा मास्क नलाएकाहरूलाई मास्क लगाउन आग्रह गरे ।

संक्रमण बढ्दै गए पनि सर्वसाधारणहरूमा मास्क नलगाउने प्रवृत्ति देखिएपछि यसमा कडाइ गर्नुपरेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । कैलालीमा कोरोना संक्रमण दैनिक बढ्दै गइरहेकाले स्वयम व्यक्तिले पनि सजगता अपनाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *