कोरोना खोप लगाई घर हिँडेका पुरुषको बाटोमै मृत्यु

कैलाली । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ ।

जिल्लाको कैलारी गाउँपालिका वडा नं. ४ का ५३ वर्षीय पुरुषको आइतवार मृत्यु भएको हो ।

उनले कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । स्वास्थ्य कार्यालयका अनुसार खोप लगाएको आधा घण्टामा उनको मृत्यु भएको हो ।

खोप लगाएको आधा घण्टामै ती पुरुषको मृत्यु भएको सोही वडा कार्यालयका आधारभूत स्वास्थ्य प्रमुख रमेश रोकायाले बताए । मृतकले गत मंसिर १३ गते पहिलो खोप लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *