सिभिल अस्पतालद्वारा पत्रकार विश्वकर्माको निधनबारे छानविन गर्न समिति गठन

काठमाडौँ । पत्रकार एलवि विश्वकर्माको निधनबारे छानविन गर्न सिभिल अस्पतालले समिति गठन गरेको छ । स्वास्थयमा समस्या आएपछि उपचारका लागि अस्पताल आएको तर अस्पतालले आवश्यक उपचार नगरी अन्यत्र रिफर गरेको भन्ने उजरी परेपछि अस्पतालले छानविन समिति गठन गरिएको हो ।

अस्पतालले इमरजेन्सी विभागका प्रमुख दिनेश कुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ । जसमा उप सचिव कृष्ण सापकोटा, साखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत रहेका छन् ।

पत्रकार महासंघले पनि घटनाबारे अध्ययन गरिरहेको जनाएको छ । टिभी टुडेमा कार्यरत विश्वकर्मालाई बिरामी भएपछि बिहीबार राती सिभिल अस्पतालमा लगिएको थियो । तर अस्पताले आईसीयू नभएको भन्दै पाटन अस्पतालमा रेफर गरेको थियो । पाटन अस्पतालले विश्वकर्मालाई मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *