गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौँ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा गुडिरहेको जिपमा  माथिबाट ढुङ्गा खस्दा तीन जनाको ज्यान गएको छ ।  मानेभञ्ज्याङ गाउँपालिका – १ बाट सदरमुकामका लागि छुटेको को १ ज ३५६९ नम्बरको जिप सिद्धिचरण नगरपालिका – ३ ढुंगेधारामा आइतबार बिहान सवा आठ बजे दुर्घटनामा परेको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाटो खन्ने क्रममा जिपमाथि ढुङ्गा खसेको थियो । दुर्घटनामा परी मृत्यु हुनेहरूमा मानेभञ्ज्याङ – १ का ३० वर्षीय हेमबहादुर मगर, सोही ठाउँका १० वर्षीय युसब कोइराला र ७ वर्षीया युनिसा कोइराला छन् ।  युसब र युनिसा एकै परिवारका रहेको प्रहरी बताएको छ ।

उक्त दुर्घटनामा चालकसहित अन्य ३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *