भारतमा एकैदिन ३ लाखभन्दा बढीमा काेराेना पुष्टि

नयाँ दिल्ली । पछिल्लो २४ घन्टामा भारतमा ३ लाख ३७ हजार जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

ठूलाे संख्यामा संक्रमित भेटिएसँगै भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख बढी पुगेकाे छ ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ४८८ जनाको मृत्यु भएको विभिन्न भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । दिल्लीमा मात्रै कोरोनाबाट ४५ जनाले ज्यान गुमाएका छन् । याेसँगै भारतभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ लाख ८८ हजार ८८४ पुगेको छ ।

भारतका महाराष्ट्र, कर्नाटक, केरला, तमिलनाडु र गुजरातमा संक्रमण तीव्र रूपमा बढिरहेकाे छ । कुल संक्रमितमध्ये यी राज्यमा मात्रै ५६.० प्रतिशत काेराेना संक्रमित रहेकाे समाचार संस्था इण्डिया टुडेले जनाएकाे छ ।

त्यस्तै, भारतमा पछिल्लो २४ घन्टामा २ लाख ४२ हजार ६७६ जना कोरोनामुक्त भएका छन् । यो सहित भारतमा कोरोनामुक्त हुनेको संख्या ३ करोड ६३ लाख १ हजार ४८२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *