निर्वाचनबारे छलफल गर्न प्रधान मन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठक प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे बोलाइएको हो ।

शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचन लगाएतकाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताइएको छ ।

समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेको थियो । त्यसअघि प्रधान मन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । यसअघिका सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *