कोभिड–१९ सम्बन्धि सरकारलाई १५ बुँदे ज्ञापन पत्र

सुर्खेत । राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुर्खेतले कोभिड–१९ का सन्दर्भमा विभिन्न १५ बुँदे माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । देशभरका सबै जिल्लामा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत संघ सुर्खेतले शुक्रबार जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

कोभिड –१९ को संक्रमण बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी एवं उपचार खटिने कर्मचारीहरुको मनोबल उच्च बनाउन संघले ज्ञापनपत्र मार्फत माग गरेको छ । संघले संक्रमित स्वास्थ्यकर्मीहरुको निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्नुपर्ने, करारमा नियुक्त भई काम गरिरहेका स्वास्थ्यकर्मीहरुको म्याद थप गर्नुपर्ने माग गरेको छ ।

यस्तै महामारी र नियमित स्वास्थ्य उपचारका लागि अत्यावश्यक औषधि, उपकरणहरुको अभाव र कालोबजारी तुरुन्त नियन्त्रण गर्नुपर्ने, संघ प्रदेशबाट हुने कर्मचारी समायोजन, सरुवा, बढुवा, स्तरबृद्धि प्रक्रियालाई पारदर्शी बनाउन पनि संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

कोभिड–१९ प्रतिकार्यमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मीहरुका मागलाई सरकारले गम्भिर रुपमा लिएर सम्बोधन गर्नुपर्ने राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष हस्तराज गिरीले बताए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्वास्थ्यकर्मीका जायज मागहरु तीन वटै तहका सरकारसंग समन्वय गरेर पूरा गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *