कल कल ग्रुपका संस्थापक पराजुलीको निधन

काठमाडौँ । उपभोग्य बस्तुको उत्पादक ‘कल कल ग्रुप प्राली’का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत करुण पराजुलीको निधन भएको छ । ३७ वर्षका पराजुलीको भक्तपुरको राधेराधेस्थित निवासमा विहीबार निधन भएको हो ।

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गरेर नेपाल फर्किएका पराजुलीले ‘कल कल ग्रुप प्राली’का स्थापना गरेका थिए । कल कल ग्रुपले तोरीको तेल, दाललगायत उपभोग्य बस्तु संकलन, उत्पादन र विक्रि गर्दै आएको छ ।

यस्तै भक्तपुरको कटुञ्जेमा रहेको ‘कल कल ग्रुप प्राली’ ले विभिन्न ठाउँका उत्पादनलाई जम्मा गरेर कुटानी पिसानी पछि उपभोक्ताका लागि तयार गर्ने गरेको छ ।

यो पनि-

https://www.makalukhabar.com/2021/10/99977123953/
https://www.youtube.com/watch?v=k2d-VfDmz1U

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *