राष्ट्रिय सभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधन 

काठमाडौँ । राष्ट्रिय सभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको छ । मानन्धर २०५८ सालमा नेकपा एमालेको तर्फबाट राष्ट्रियसभामा सदस्य बनेका थिए ।

एमालेको जनसंगठन राष्ट्रिय उद्योग व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका मानन्धर लामो समय साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्ष समेत रहेका थिए । नेपालमा नुनको कारोबारलाई व्यवस्थित गर्न मानन्धरको महत्वपूर्ण भूमिका रहेको मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *