काठमाडौँ मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति, शुरू भयो विद्यार्थी भर्ना

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थी, उनीहरूका अभिभावक र कलेज प्रशासनबीच सहमति जुटेको हो ।

अभिभावक, विद्यार्थी र कलेज प्रशासनबीच सहमति जुटेपछि विद्यार्थी भर्ना प्रक्रिया शुरू भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार कलेजका प्रमुख सल्लाहकार डा. केपी शर्मा र आन्दोलनरत पक्षबीच भएको छलफलमा सहमति जुटेको हो ।

सहमति अनुसार कलेजले होस्टेल शुल्क ५ सय घटाउने भएको छ । यसअघि मासिक १२ हजार ५ सय लिइँदै आएको होस्टेल शुल्क अब १२ हजार कायम गर्ने सहमति भएको जेनेरल मेनेजर दाहालले जानकारी दिए ।

यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टेलमै विद्यार्थी बसाउन तयार भएको छ । त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्न अभिभावकहरू तयार भएर विद्यार्थी भर्ना धमाधम हुन थालेको जेनेरल मेनेजर दाहालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *