पुस्तक ‘शिवगढीदेखि प्रतिबन्धसम्म’ बजारमा

काठमाडौँ । लेखक नारायण नेपालको पुस्तक ‘शिवगढीदेखि प्रतिबन्धसम्म’ प्रकाशन भएको छ । नेपालले तत्कालीन नेकपा माओवादीबाट अलग भई नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेर नेकपा गठन गरेपछिको राजनीतिक घटनाक्रमलाई आलोचनात्मक विश्लेषणसहित पुस्तक प्रकाशन गरेका हुन् ।

विप्लव नेतृत्वको नेकपाभित्रको राजनीतिक घटनाक्रम, राष्ट्रिय राजनीतिमा भूमिका र प्रभाव तथा पछिल्लो समय नेकपाका गतिविधिमाथि लागेको प्रतिबन्धसम्मका घटनाक्रमलाई शिलशिलेवर रूपमा पुस्तकमा समेटिएको छ । २०७१ सालमा कपिलवस्तुको शिवगढीमा भएको भेलादेखिको नेकपाभित्रको राजनीतिक उथलपुथल र नेपाली राजनीतिमा देखा परेका राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको विश्लेषण नेपालको पुस्तकमा पाइन्छ ।

कम्पन मिडिया प्रालिले बजारमा ल्याएको पुस्तकको बजार व्यवस्थापन भुँडीपुराण प्रकाशन बागबजारले गरेको हो । लेखक नेपालका यसअघि कञ्चना (गीतिकविता संग्रह), कुन्मिङ यात्रा (यात्रा संस्मरण), विद्रोही मनहरू (गजलसंग्रह), विद्यार्थी आन्दोलन र नुवाकोट (इतिहास विविध) र क्रान्तियात्राका भरियाहरू (कवितासंग्रह) प्रकाशित छन् ।

प्रतिक्रिया

One thought on “पुस्तक ‘शिवगढीदेखि प्रतिबन्धसम्म’ बजारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *