महोत्सवमा भएको आगजनी र तोडफोडबाट ठूलो क्षति

सुनसरी । सुनसरीको बर्जू गाउँपालिका-६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आगजनी र तोडफोड गर्दा ठूलो क्षति भएको छ । मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने भनिएपनि नआएपछि कार्यक्रमा दर्शकले आगजनी र तोडफोड गरेका हुन् ।

कोरोना भाइरस (कोभिड-१९) को बढ्दो संक्रमणका कारण महोत्सव स्थगित गर्न भनिएपनि आयोजकले स्थगित नगरेको बताइएको छ । घटनास्थललाई नियन्त्रणमा लिनका लागि ३ जनाको कमाण्डमा १७५ जनाको प्रहरी टोली खटिएको जनाइएको छ । महोत्सवमा करिब ९ हजारदेखि १० हजारसम्म दर्शकको उपस्थित रहेकोमा तितर-बितर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अननुसार ३ः३० मा आँगजनी सुरु गरिएको हो । आगजनीबाट नम्बर नखुलेका ४ वटा स्कार्पियो , एक सिटिसफारी , एक मोटरसाईकल र एक साईकलमा आगजनी, एक हजार प्लास्टिकको कुर्सी , स्टेज साउण्ड सिस्टम २ र जेनेरेटर २ वटामा पूण क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीको गाडीमा पनि नोक्सानी भएको छ । आगजनी र तोडफोडमा परी ईलाका प्रहरी कार्यालय दुहबीमा कार्यरत प्रहरी जवान ख्यामराज बिष्ट र मिना माझीलाई सामान्य चोट लागेको जनाइएको छ । भिडलाई तितर-बितर गर्न ग्यास गनबाट १५ सेल फायर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *