मेलामा बोलाइएका कलाकार नआएपछि सुनसरीमा तोडफोड र आगजनी (भिडिओ)

विराटनगर । सुनसरीको बर्जुमा मेला आयोजना स्थलमा दर्शकले तोडफोड गरेका छन् । आधा दर्जन गाडीमा आगजनी भएको छ । सुनसरीको बर्जु तालमा आयोजना गरिएको मोहत्सवमा तनाव आगजनी र तोडफोड भएको हो ।

स्थानीय प्रशासनको कमजोरीका कारण ४ वटा स्कारपियो जलाइएका छन् भने ५० बढी मोटरसाईकल र स्कुटरहरु तोडफोड भएको प्रहरीले जनाएको छ। प्रशासनले मेला नलगाउन भन्दा भन्दै  कोरोनाको बीचमा लगाइएको मेलाका कारण बोलाएका कलाकार नआएपछि आक्रोशित दर्शकले स्कारपियोमा आगो लगाएका छन् भने मोटरसाईकल, स्कुटलमा तोडफोड गरेको र कुर्सीहरुसमेत तोडफोड गरेर आगो लगाएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार भारतीय कलाकार खेसरीलाल यादव नआएको भन्दै उनका फ्यानहरुले तोडफोडमा उत्रिएपछी तनाव उत्पान्न भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले मेला नलगाउन भनेर जानकारी गराउँदा गराउँदै मेला आयोजना गरिदिँदा घटना भएको बताएका छन् । कोभिडका कारण आउनु पर्ने कलाकार नआएपछि टिकट काटेर मेलामा प्रवेश गरेका आक्रोशित दर्शकले चार वटा भारतीय स्कारपियो जलाएको तथा ५० बढी स्कुटर र मोटरसाईकलमा तोडफोड गरेको एसपी थापाले मकालुखबरलाई जानकारी दिए ।

घटनालाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको उनले बताए । यो घटनामा स्थानीय प्रशासनको गम्भीर लापरवाही देखिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिडको महामारीमा पनि मेला लगाउन दिँदाको परिणम अहिले बिध्वंश भएको स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *