गण्डकी सरकारले बढायो गाडीभाडा

पोखरा । गण्डकी प्रदेश सरकारले गाडीभाडा समायोजन गरेको छ । सार्वजनिक गाडीहरुको भाडामा अनियमितता भएको भन्दै सरकारले समायोजन गरेको हो । सार्वजनिक बस र ट्याक्सीको भाडा करिव २४ प्रतिशत बढाएको सरकारले जनाएको छ ।

भाडा समायोजनका लागि छुट्टै समिति गठन भएको छ । संघ सरकारले देशभरीको भाडा समायोजन गरेपनि प्रदेशभित्र आफ्नो अधिकार रहेको भन्दै प्रदेश सरकारले नयाँ भाडादर कायम गरेको हो । ‘एउटा प्रदेश र अर्को प्रदेशबीचको भाडा संघले समायोजन गरेको छ । ‘प्रदेशभित्र एक जिल्ला र अर्को जिल्लाबीचको भाडा प्रदेशको दायित्वमा पर्छ,’ यातायात मन्त्री कुमार खड्काले भने, ‘अहिलेसम्म भाडादरमा जथाभावी थियो । अब समान हुन्छ ।’

नयाँ भाडादर कहिलेदेखि लागू हुने भन्ने निर्णय भएको छैन । गाडी व्यवसायी र मन्त्रालयबीच सम्झौता गरेर भाडाको दर कायम हुने उनले बताए । असोज १३ गतेको मन्त्री परिषद् बैठकबाट गठन भएको समितिले गरेको सिफारिसका आधारमा सोमबारको बैठकले भाडादर बढाउने निर्णय गरेको हो ।

संघ सरकारले २८ प्रतिशतसम्म भाडा बढाएपनि प्रदेशमा उक्त दर भन्दा भिन्न निर्णय भएको हो । नयाँ दर अनुसार लामो दुरीका बसमा २३.५१ प्रतिशत, नगर बसरमा २२.५५, ट्रक १४.५७, जीपको हकमा ५.५० प्रतिशतले भाडा बढेको छ । ट्याक्सीमा किलोमिटर अनुसार फरक दर छ । १५ किलोमिटर भित्र प्रतिकिलोमिटर ८० रुपैयाँ, र थप प्रत्येक २ सय मिटरमा १० रुपैयाँका दरले भाडा समायोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *