मधेशमा आज सार्वजनिक बिदा

जनकपुर । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको प्रदेश सभा बैठकबाट नाम मधेस र स्थायी राजधानी जनकपुरधाम  घोषणा भएसँगै प्रदेशभर बिदा दिइएको हो ।

प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा दुई तिहाइ भन्दा बढी मतले पारित भएको हो । प्रदेश सभामा सभामुखसहित १०४ जना सांसद भए पनि मतदान प्रक्रियामा ९९ जना सांसदले मात्रै भाग लिएका थिए । प्रदेशको नामा ‘मधेस’ प्रदेशको विषयमा भएको मतदानमा खसेका ९९ मत मध्ये ८० मत पक्षमा परेको छ । प्रदेशको स्थायी राजधानी जनकपुरधामको विषयमा भएको मतदानमा खसेको ९९ मत मध्ये ७८ मत पक्षमा परेको छ ।

मधेस सरकारले नाम र स्थायी राजधानी पाएको खुसीयालीमा आज प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मधेस सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम भएकाले मङ्गलवार प्रदेशभरि सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *