मधेस प्रदेशको पहिचान स्थापित भएको छ : राजेन्द्र महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको बधाई दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको जनकपुर राजधानी भएको भन्दै उनले खुसी व्यक्त गरेका हुन् ।

‘मधेस आन्दोलनको उद्गम  स्थल, मेरो निर्वाचन क्षेत्र समेत रहेको जगत जननी माता जानकीको जन्मभूमि  ‘जनकपुरधाम’ प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम ‘मधेस प्रदेश’ प्राप्तिको यस सुखद अवसरमा सम्पूर्ण क्षेत्रवासी, प्रदेशवासी तथा देशवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’ उनले भनेका छन् ।

यी महत्त्वपूर्ण दुईवटै सफलतामा आफ्नो पार्टीको पनि प्रस्ताव र  समर्थन रहेको उनले बताए । उनले राजधानी ‘जनकपुरधाम र नाम ‘मधेस प्रदेश’को पक्षमा मतदान गर्ने सम्पूर्ण राजनीतिक दल र प्रदेशसभा सदस्यमा धन्यवाद दिएका छन् । ‘दशकौँको मधेस आन्दोलन र संघर्ष, मधेसी शहिदको सपना मधेस प्रदेशको पहिचान आज स्थापित भएको छ भने ती सम्पूर्ण आन्दोलन तथा संघर्षमा अहम् भूमिका निर्वाह गरेको पावन भूमि जनकपुरधामको पनि सम्मान भएको छ ‘ उनले भनेका छन् ।

अव मधेस  प्रदेशको मुख्य आर्थिक केन्द्र वीरगन्जसहित सबै जिल्लाको केन्द्र, शहर, पालिका तथा वडाहरूको समुचित विकासका लागि सबै दल र नेताहरू सकारात्मक रूपमा काम गर्दै सामाजिक रूपान्तरणका लागि एकजुट हुने विश्वास रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *