नेपालमै पहिलोपटक यतीन्द्रमतसंवर्धिनी सभा सम्पन्न

काठमाडौँ । नेपालमै पहिलो पटक यतीन्द्रमतसंवर्धिनी सभा सम्पन्न भएको छ । श्रीवेङ्कटेश मन्दिर, बत्तीसपुतलीको आयोजना तथा ‘महन्त स्वामी श्रीपद्मधराचार्यजी महाराज’को सत्सङ्कल्पनामा सभा सम्पन्न भएको हो ।

‘भाष्यकार रामानुजाचार्य स्वामीजी महाराज’को अवतार उत्सव आर्द्रा नक्षत्र पारेर आयोजना भएको यो कार्यक्रम अब हरेक आर्द्रा नक्षत्रमा हुने र यसको लक्ष्य रामानुज मत विस्तार तथा शास्त्रपरम्पराको रक्षा गर्नु रहेको ‘स्वामी श्रीपुरुषोत्तमाचार्यजी महाराज’ले बताए । ‘भगवद् रामानुजाचार्यजी महाराज’को श्रीविग्रहमा पुष्प माल्यार्पण तथा गुरुपरम्परा पाठबाट शुभारम्भ गरिएको सम्पूर्ण कार्यक्रम संस्कृत भाषामा सञ्चालन भएको थियो ।

अध्यक्ष स्वामीजीको सुमधुर भजन तथा आशीर्वचन पछि पौरस्त्य वाङ्मयका विशिष्ट विद्वान् प्रा.पद्मप्रसाद भट्टराईले करिब एक घण्टा संस्कृत भाषामा बेजोड व्याख्यान प्रस्तुत गरेका थिए । साथै वेङ्कटेश गुरुकुलम् का छात्र श्रीबालकृष्ण पौडेलले तर्कसङ्ग्रहको मङ्गलपद्यको सुन्दर व्याख्यान प्रस्तुत गरेका थिए ।

कार्यक्रम सञ्चालन त्रिभुवन विश्वविद्यालयका संस्कृत केन्द्रीय विभागका उपप्रा.आकाशनीलम् ( गोविन्द)ले गरेका थिए। कार्यक्रममा ने.सं.वि. का प्राचीन न्यायदर्शनका उपप्राध्यापकद्वय माधव घिमिरे र सुदर्शन नेपाल एवम् श्रीवेङ्कटेश गुरुकुलम् का प्राचार्य गुरु खगेन्द्राचार्यजी, केही वटुकहरु , माता दिदीबहिनी एवम् अन्यको उपस्थिति थियो ।

प्रतिक्रिया

One thought on “नेपालमै पहिलोपटक यतीन्द्रमतसंवर्धिनी सभा सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *