प्रदेश २ प्रदेश सभा बैठक : नाममाथिकाे मतदान राेक्न माग

काठमाडौं । प्रदेश २ काे नामाथिकाे मतदान तत्कालका लागि राेक्न प्रस्ताव भएकाे छ । नेपाली कांग्रेसका प्रदेश २ का सांसद राम सरोज यादवले प्रदेश २ को नाममाथिको मतदान तत्कालका लागि स्थगन गर्न प्रस्ताव गरेका हुन् ।

अहिले चलिरहेकाे प्रदेश सभा बैठकमा नाम र स्थायी राजधानीकाे प्रस्तावमाथि मतदान हुँदैछ । तर, सांसद यादवले भने राेक्न माग गरेका हुन् । ‘यदि अवस्था र परिस्थिति मिल्छ भने राजधानीको बारेमा मतदान गरेर बसौं [बैठक स्थगन] र नामकरणबारे फेरि पनि छलफल गराैँ ।’

राजधानीमा भने जनकपुर नै उपयुक्त रहेको र यसमा अधिकांशको सहमति रहेको उल्लेख गर्दै उनले नामाकरणबारेको मतदान तत्काल स्थगन गर्ने प्रस्ताव गरेका हुन् । यद्यपि मतदान भने जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *