पाँच दिनभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन्छ : मन्त्री खतिवडा

विराटनगर । स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले सरकारले ५ दिन भित्रमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री खतिवडाले स्थानीय तहकको निर्वाचनको ४–५ दिनमा मिति घोषणा हुने बताए । स्थानीय तहको चुनाव घोषणा गर्ने बारेमा अबको मन्त्रीपरिषदको बैठकले निर्णय गर्ने दाबी गर्दै स्वास्थ्यमन्त्री खतिवडाले वैशाखमा चुनाव गराउन सकिने बताए ।

‘माघको पहिलो सातामा निर्वाचनको मिति घोषणा गरे आयोगले वैशाखसम्ममा चुनाव गराउन सक्ने भनेको छ । गठबन्धनको सरकार चुनावबाट भागेको छैन’, उनले भने, ‘अब बस्ने मन्त्री परिषदको बैठकबाट स्थानीय तहको चुनाव घोषणा हुन्छ, तिनै तहको चुनाव एकै पटक हुँदैन ।’ स्थानीय तहको निर्वाचन पछि मात्र प्रदेश र संघीय निर्वाचन हुने मन्त्री खतिवडाको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *