नोवेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीका अविभावकबीच सहमति

काठमाडौँ । नोवेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीका अविभावकबीच सहमति भएको छ । शनिबार नोवेल मेडिकल कलेज संचालक र आन्दोलनरत विद्यार्थीका अविभावकबीच सहमति भएको हो ।

चिकित्सा शिक्षा स्नातक तहमा सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको भन्दै विद्याथीहरु आन्दोलनमा थिए । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दालन गर्दै आएपछि शुक्रबार सिंहदरबारमा शिक्षा मन्त्रालयले सरोकारवाला पक्षसंग वार्ता गरेको थियो ।

शिक्षा मन्त्रालयका अनुसार आयोगले निर्धारण गरेको भन्दा बढी शुल्क नलिने सहमति भएको थियो । सरकारसँग भएको वार्ताबाट बाहिरिदै गर्दा नोवेल मेडिकल कलेजका संचालक डा. सुनिल शर्मालाई दुव्यवहार गरिएको थियो । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीसँग आज सहमति गरेपछि मंसिर १९ गतेदेखि हुनुपर्ने अध्ययनअध्यापनको कार्यक्रम सूचारु हुने भएको छ ।

नोवेल मेडिकल कलेजका जनसम्पर्क प्रमुख नारायण दाहालका अनुसार सहमतिसँगै सबै आन्दोलनका कार्यक्रम स्थगित भएका छन् । सहमतिमा विद्यार्थीले उठाउँदै आएको होस्टेल शुल्क १० हजारमा झारिएको छ । यस अगाडी १२ हजार थियो । त्यस बाहेक होस्टलमा बस्दा प्रयोग गरिने, पानी, बिजुली, वाईफाई लगायतका शुल्कहरु बुझाउनु पर्नेछ । होस्टेल वापतको रकम अग्रिम भुक्तानी हुनुपर्ने उल्लेख छ ।

सहमति पत्रमा कलेज प्रशासनको तर्फबाट कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, जनसम्पर्क अधिकृत नारायण दाहाल र विद्यार्थीहरुकोतर्फबाट वीरेन्द्रकुमार, राजेन्द्रबहादुर थापा, रामकुमार भट्राईले हस्ताक्षर गरेका छन् ।

सहमति पत्र

प्रतिक्रिया

One thought on “नोवेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीका अविभावकबीच सहमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *