‘श्वेत पर्वत’ लोकार्पण

काठमाडौँ । लेखक विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लेखिएको पुस्तक ‘श्वेत पर्वत’ आज बजारमा आएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा जगमान गुरूङले लोकार्पण गरे ।

तीनसय सत्ताइस पृष्ठको उक्त पुस्तकमा मनाङ र मुस्ताङमा मानव सभ्यताको विकास १० हजार वर्षदेखि भएकाले त्यहाँको मावन सभ्यताको अनुसन्धान गर्नु आवश्यक भएकामा जोड दिइएको छ ।

उपकुलपति गुरुङले कालिगण्डकीको करिडोर नै मानव सभ्यताको उद्गमस्थल भएकाले त्यहाँको अध्ययन हुनुपर्ने आवश्यकता औँल्याए । वरिष्ठ पत्रकार प्रा रामकृष्ण रेग्मीले यस पुस्तकमा उठाइका विषयमा प्रदेश सरकारले चासो देखाउनुपर्ने धारणा व्यक्त गरे।

लेखक पराजुलीले विभिन्न धार्मिकग्रन्थ र विदेशी लेखकका पुस्तकसमेतको आधार लिएर यो पुस्तक लेखिएको जानकारी दिए । हिमाली क्षेत्रमा गरिएको पदयात्राको यथार्थ शब्दचित्र प्रस्तुत पुस्तकमा रहेको राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *