प्रेम र जिन्दगी (कविता)

प्रेम र जिन्दगी

जिन्दगी लामो छ भन्नेहरूले
सायद कसैलाई प्रेम गरेनन् होला ।
जिन्दगी लामो छ भन्नेहरूलाई
सायद कसैले प्रेम गरेन होला ।

यदी उनीहरूले पनि कसैलाई प्रेम गरेको भए
यदी उनीहरूलाई पनि कसैले प्रेम गरेको भए

सायद
चाउरिएकाे अनुहार बोकेर
लठ्ठी टेक्दै
खुट्टा कमाउँदै
अलिअलि खोक्दै
भन्ने थिए
जिन्दगी बहुत छोटो छ यार !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *