‘अनियमितताको छिटो छानबिन होस्’

काठमाडौँ । नेपाल इञ्जिनीयरिङ कलेजका पदाधिकारीले पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपानले गरेका घोटालामाथिको छानबिन र अनुसन्धानलाई चाँडो निचोडमा पुर्‍याइदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा कलेज सञ्जालक समितिका अध्यक्ष एवं भक्तपुरका चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र कलेजका प्रिन्सिपल प्रा डा हरिकृष्ण श्रेष्ठले राजनीतिक पहुँच र आर्थिक प्रलोभनका नाममा अहिले पनि अनेक षड्यन्त्र र चलखेलमा लागेकाले आफूहरूलाई स्वतन्त्रतापूर्वक कलेज चलाउने वातावरण सिर्जना गर्न माग गरे ।

न्यौपानले सो सामुदायिक कलेजलाई निजी कम्पनीमा रुपान्तरण गरी मनोमानीपूर्वक करिब ५२ करोड घोटाला गरेको जनाइएको छ । कूल १७४ रोपनी सार्वजनिक जग्गामा २७ वर्ष अघि स्थापित सो कलेजमा हाल दुई हजार ३०० विद्यार्थी र २०० शिक्षक छन् ।

सो प्रकरणमा छाननिबनलाई प्रभावित पार्न न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन सदस्य राजनारायण पाठकलाई घुस दिएको आरोपमा पाठकले राजनीनामा दिएका थिए भने न्यौपाने ७८ लाखको धरौटीमा रिहा भएका छन् । सोही प्रकरणमा सम्पति शुद्धीकरण, केन्द्रीय अनुसन्धान ब्यूरो, भक्तपुर जिल्ला प्रशासन कार्यालयलगायत निकायमा पनि छानबिन भए पनि किनारा लाग्न ढिलाइ हुनुले आफूहरूलाई आशंका उब्जिएको प्राचार्य श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *