चिकित्सा शिक्षा आयोगले निर्धाण गरेको भन्दा बढी शुल्क लिन नपाइने

काठमाडौँ । मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोगले निर्धाण गरेको भन्दा बढी शुल्क लिन नपाउने भएका छन् । शिक्षा मन्त्रालयमा शुक्रबार बसेको सरोकारवालाहरुको बैठकले राष्ट्रि चिकित्सा शिक्षा ऐन २०७५ अनुसार चिकित्सा शिक्षा स्नातक तहसहितमा आयोगले निर्धारित गरेको  भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको हो ।

यस्तै मेडिकल कलेजमा विद्यार्थीहरुको छात्रवास सम्बन्धिको समस्या सम्बन्धित कलेज, विद्यार्थी र अभिभावकले समाधान गर्नुपर्ने सहमति भएको छ । चिकित्सा शिक्षा ऐन २०७५ गर्न आयोागले तत्काल सरकारलाई सुझाव दिनु पर्ने पनि निर्णय गरिएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा भएको बैठकमा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका डिन, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, मेडिकल शिक्षा व्यवसायी सुनिल शर्मा, विद्यार्थी र अभिभावकका प्रतिनिधि सहभागी रहेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *