सेन्चुरी कमर्सियल बैंकको साधारण सभाबाट लाभांश पारित

काठमाडौँ । सेन्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौँ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

साधारण सभा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा भद्रकाली काठमाडौँमा भौतिक तथा अनलाइन जुम मार्फत सञ्चालन गरेको हो ।

साधारण सभाले बैंकको चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजीमा ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँमा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख, ७९ हजार ६९६.३९ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६।६५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *