मेडिकल कलेजको शुल्क विवादबारे वार्ता, तर भएन ठोस निर्णय

काठमाडौँ । मेडिकल कलेजको शुल्क विवादबारे वार्ता भएको छ । मेडिकल कलेजहरूले लिँदै आएको शुल्कको विवाद भएपछि शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गरेको हो ।

मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेपछि शिक्षा मन्त्रालयले सरोकारवाला पक्षसँग वार्ता गरेको छ ।

मेडिकल शिक्षा व्यवसायी सुनिल शर्माअनुसार वार्ताले ठोस निर्णय गर्न सकेको छैन । वार्तामा विश्वविद्यालयहरुले अभिभावकसँग छलफल गरेर शुल्क विवादको सहजिकरण गर्ने सहमति भएको शर्माले बताए । यस्तै वार्तामा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले लिने परिक्षा शुल्क लगाएतका अन्य शुल्क बराबरी हुनुपर्ने कलेज संचालकहरुले माग राखेका थिए ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा भएको वार्तामा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका डिन, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, मेडिकल शिक्षा व्यवसायी सुनिल शर्मा, विद्यार्थी र अभिभावकका प्रतिनिधि सहभागी रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *