सुनसरी एमाले अध्यक्षमा भण्डारी विजयी, द्वारिकलाल चौधरीलाई मात्र ८० मत

विराटनगर । नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । बिहीबार भएको मतगणनामा भण्डारी ९२० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी खेमराज पोखरेल ७७५ मत पाए । अध्यक्षका अर्का प्रत्याशी द्वारिकलाल चौधरीले ८० मत पाए ।

२०७४ सालमा प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि माधव नेपाल समूह छाडेर केपी ओली पक्षमा लागेका भण्डारी संविधानसभा सदस्य समेत हुन् । पराजित पोखरेल इनरुवा नगरपालिकाका पूर्व मेयर हुन् भने चौधरी इटहरी नगरपालिकाका मेयर हुन् ।

जिल्ला कमिटीको उपाध्यक्षमा निलम खनाल विजयी भएका छन् । सचिवमा परशुराम यादव निर्विरोध भइसकेका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *