जनार्दन मैनाली पत्रकारिता पुरस्कार भट्टराईलाई

विराटनगर । जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार मोरङको उर्लाबारीका जगन्नाथ भट्टराईलाई लाई प्रदान गरिएको छ । बिहीबार विराटनगरमा प्रेस चौतारी नेपाल मोरङकाे आठौँ जिल्ला अधिवेशनको अवसरमा भट्टराईलाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार छनौट समितिले गरेको सिफारिसका आधारमा चाैतारीले भट्टराईलाई पुरस्कार प्रदान गरेको छनौट समितिका संयोजक महेन्द्र विष्टले जानकारी दिए । हरेक वर्ष प्रेस चौतारीले प्रदान गर्ने पुरस्कारको राशि १५ हजार रहेको छ ।

त्यस्तै प्रेस चौतारी मोरङका पूर्व अध्यक्ष तथा सल्लाहकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा विक्रम लुइँटेल, रामचन्द्र अधिकारी, डिल्ली पोखरेल रहेका छन् । चौतारीको जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *