उर्लाबारीमा ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु

काठमाडौँ । मोरङको उर्लाबारीमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी ३ स्थित सोल्टी पुलमा बिहान ट्याक्टरको ठक्करबाट क्याम्पस गइरहेका विद्यार्थीको मृत्यु भएको हो ।

करिब ५ : ३० बजेको समयमा प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाइकलमा नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का २१ वर्षीय निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट बानियाँको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर प्रहरी नियन्त्रणमा छ भने चालक मोरङको मिक्लाजुङ गाउँपालिका-६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *