एपीएफद्वारा प्रदेश दुई पराजित

काठमाडौँ । प्रधानमन्त्री कप टी-ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल एपिएफले विजयी सुरुवात गरेको छ । सोमबार कीर्तिपुरमा भएको आफ्नो पहिलो खेलमा एपीएफले प्रदेश २ लाई २४ रनले पराजित गरेको हो ।

एपीएफले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । १ सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश दुई ९ विकेट गुमाएर १ सय ३९ रनमा समेटिएपछि एपीएफले जीत हात पार्यो ।

एपीएफलाई उच्च स्कोरमा पुर्‍याउने क्रममा ओपनर प्रदिप ऐरी र आसिफ शेखले पहिलो विकेटका लागि १ सय २० रनको साझेदारी गरेका थिए । प्रदीपले ४८ बलमा ९ चौकाको सहयोगमा ६० रन बनाउँदा आसिफले ४५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए।

त्यस्तै सन्दीप जोराले १७ रन बनाउँदा कप्तान सरद भेषवाकर १७ रनमा नटआउट रहे । प्रदेश दुईका लागि रितेश सिंहले ४ विकेट लिएका थिए। थप १ विकेट विवेक यादवका नाममा रह्यो।

१६४ रनको लक्ष्य पछ्याएको प्रदेश दुई निर्धारित २० ओभरमा १३९ रनमा समेटियो । उसका लागि ओपनर हरिसंकर साहले ३६, मोहम्मद अदिल आलामले ३५ र  सुरज पटेलले १५ रन जोडे ।

एपीएफका कमल ऐरी, अविनास बोहरा र भुवन कार्कीले २-२ तथा किशोर मेहतो र सरद भेषवाकरको नाममा १-१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *