माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले मंगलबारदेखि लागू हनु गरी माघ १५ गतेसम्म आधारभूत तथा माध्यमिक विद्यालयहरुमा विदा दिएको जनाएको हो ।

वार्षिक विदामा मिलान हुने गरी विद्यालयहरुमा विदा दिइएको मन्त्रालयले जनाएको छ । विदाको बीचमा स्थानिय तहमा रहेका स्वास्थ्य चौकी मार्फत १२ देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई खोप लगाइने पनि मन्त्रालयले बताएको छ ।

यस्तै विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुका पूर्व निर्धारित परिक्षा जनस्वास्थ्य र सुरक्षका मापदण्डहरु पालन गरी सञ्चालन गर्न दिने निर्णय भएको शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *