७७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गर्ने र मिलापत्र गराउने वडा सदस्यसहित ५ जना पक्राउ

धनगढी । कैलालीमा एक ७७ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने व्यक्ति र उक्त घटना  मिलापत्र गराउनेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुरबाट वडा सदस्यसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने वर्ष ५३ का  वडा नम्बर ४ का पूर्ववडा सचिव यज्ञराज आचार्य, वडा सदस्य ५४ वर्षीय लक्ष्मीरुद्र न्यौपाने, ४३ वर्षीय शिक्षक होमप्रसाद सुबेदी, ३४ वर्षीय राजु भट्टराई र जबरजस्ती करणीमा संलग्न ३० वर्षीय प्रकाश सुबेदी रहेका छन् ।

मिलापत्र गर्ने अन्य केही व्यक्ति अझै फरार रहेको र उनीहरूको पनि खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । गएको मसिंर १५ गते सोही ठाउँकी ७७ वर्षीया वृद्धालाई मदिरा सेवन गरी सुबेदीले खेतमा लगेर जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

घटना बाहिरिने डरले अर्को दिन पीडित पक्षलाई तीन लाख दिने भनेर मिलापत्र गरेका थिए । तर ३ लाखमध्ये १ लाख नदिँदा घटना करिब एक महिनापछि बाहिरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त परेपछि प्रहरीले सोही दिन नै मिलापत्र गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूमाथि अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *