एमाले बैतडीमा सहमति जुटेन, निर्वाचनको तयारी 

बैतडी । नेकपा (एमाले)बैतडी जिल्ला अधिवेशन पाटनमा शुक्रबारदेखि जारी छ । शुक्रबार उद्घाटन सभा सम्पन्न गरेको एमालेले आज बन्द सत्र पनि टुङ्ग्याएको छ । बन्द सत्रबाट सहमतिमा नयाँ नेतृत्व चयनको प्रयास गरिए पनि सहमति भने जुट्न सकेको छैन ।

निर्वाचन समितिले कार्य तालिका सार्वजनिक गरेको छ । निर्वाचन तालिका अनुसार अहिले मतदाता नामावली सार्वजनिक गरिएको छ । विभिन्न स्थानीय तहबाट आएका ५ सय ९ जना र जिल्ला कमिटीले मनोनयन गरेका २६ जना प्रतिनिधि गरी जम्मा ५ सय ३५ जना मतदाताको नामावली सार्वजनिक गरिएको छ ।

साँझ ५ बजेदेखि उमेद्‍वारहरूको मनोनयन दर्ता हुने बताइएको छ । यसअघि दिउसो १ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भनिएकोमा प्राविधिक कारणले प्रक्रिया केही ढिला भएको प्रमुख निर्वाचन अधिकृत नरेश विश्वकर्माले जानकारी दिए । एमाले बैतडीको जिल्ला अध्यक्षमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द आकाङ्क्षी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *