एमाले जिल्ला अधिवेशनको खाजा: ‘खिर, हलुवा र खिचडी’ (तस्बिरहरू)

विराटनगर । नेकपा एमालेको जिल्ला अधिवेशनहरू चलिरहेका छन् । देशभर नै एकैपटक शुरू भएको जिल्ला अधिवेशनले नयाँ  नेतृत्व चयन गर्नको लागि प्रक्रियाहरू भई रहँदा कार्यकर्ता र प्रतिनिधिहरू मनोनयन दर्ता गर्ने र नेता हुने दाउमा छन् ।

मोरङ प्रदेश १ को राजधानी भएकाले पनि अझ सरगर्मी बढेको छ । मोरङमा १६५ जना जिल्ला कार्यसमितिको निर्वाचित गराउन शुक्रबारदेखि नै जिल्ला अधिवेशन जारी छ ।

बरगाछिमा रहेको मनास्लु होटलमा जारी अधिवेशनमा आउने प्रतिनिधिलाई अधिवेशनमा चिया र खाना खाने व्यवस्थापन गरिएको भएपनि दिउसो खाजाको व्यवस्था थिएन । शुक्रबार उद्घाटनको दिन दिनभर खाजा खान नपाएका प्रतिनिधिका लागि शनिबार भने खाजाको व्यवस्था  देखिन्थ्यो ।

अघिल्लो दिन खाजा खान नपाएका प्रतिनिधिको सहजताको लागि भन्दै वामपन्थी मारवाडी युवा संगठनले खाजाको व्यवस्था गरेको हो । वामपन्थी मारवाडी युवा संगठनका अध्यक्ष अरुण राठीले खाजाको लागि भोकै कसैले बस्नु नपराेस् भनेर खिर, हलुवा र खिचडीको व्यवस्था गरिएको बताए ।

होटलको बाहिरी भगमा खिर, हलुवा र खिचडी बनाउनका लागि कालिगड तैनाथ थिए भने बाँड्ने काम सोही संगठनका कार्यकर्ताले गरेका थिए । अन्य खाजाको तुलनामा सजिलो हुने भएकोले खिर, हलुवा र खिचडीको व्यवस्था गरिएको बताए ।

नेकपा एमालेको कान्छो संगठन वामपन्थी मारवाडी युवा संगठनको खिर, हलुवा र खिचडीले खाजाले प्रतिनिधिलाई उत्साहित बनाएको सहभागी कल्पना अधिकारीले बताइन् । १४३० जना प्रतिनिधि रहेको एमाले मोरङ अधिवेशनमा आज पदाधिकारीका लागि मनोनयन दर्ता भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *