एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध

काठमाडाैँ  नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध चयन भएका छन् । अध्यक्षको दौडमा रहेका अर्का एमालेका पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष भएका हुन् ।

एमालेको शुक्रबार र शनिबार चलेको १३औ जिल्ला अधिवेशनबाट बस्नेतको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । एमालेको शुक्रबार राती अबेरसम्म जारी बन्द सत्रमा नेतृत्वको घोषणा गरिएको थियो ।

यस्तै उपाध्यक्षमा राममणि पाण्डे चयन भएका छन् । उनी यसअघि एमालेको घोराहीको नगर सभापति र जिल्ला उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् । त्यसैगरी सचिवमा पुन मनोहर बुढाथोकी चयन भएका छन् भने उप-सचिवमा कृष्ण भुसाल र हिरादेवी पुन चुनिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *