भारतीय प्रधान मन्त्री भन्छन्;

‘लिपुलेक-मानसरोवर सडकखण्ड विस्तार भइरहेको छ’

काठमाडौँ । भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले लिपुलेक-मानसरोवर सडकखण्ड निर्माण भइरहेको बताएका छन् । त्रिदेशीय बिन्दुभन्दा वर नेपालतर्फको भूभाग (लिपुलेक, कालापानी र लिम्पियाधुरा) हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्ने सडक निर्माण भइरहेको प्रधान मन्त्री मोदीले बताएका हुन् ।

भारतको उत्तराखण्डको हल्दवानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधान मन्त्री मोदीले साे सडकखण्ड विस्तारकाे काम तीव्र रूपमा भइरहेकाे बताएका छन् । उनले डिसेम्बर ३० मा विगतको सरकारका कारण मानसरोवार जाने बाटो निर्माण हुन नसकेपनि अबकाे सरकारले प्राथमिकतामा राखेर बनाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

नेपालले यसअघि नै उक्त सडकखण्डलाई लिएर आपत्ति जनाइसकेकाे छ । नेपाली भूमि हुँदै भारतले निर्माण गरिरहेको लिपुलेक-मानसरोवर सडकखण्डलाई लिएर नेपालले आपत्ति जनाएपनि भारतले निर्माण कार्य राेकेकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *