बडुवाल हत्या प्रकरण : अभियुक्त पक्राउ गर्न माग गर्दै राजमार्ग अवरुद्ध 

धनगढी । कैलालीको लम्की चुहाका भूपेन्द्र बडुवाल हत्या प्रकरणका फरार अभियुक्त पक्राउ गर्न माग गर्दै आफन्तले पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की सडक खण्ड अवरुद्ध गरेका छन् ।

भूपेन्द्रको हत्यामा संलग्न मुख्य योजनाकारसहित केही अभियुक्तलाई पक्राउ नगरेको भन्दै आफन्त र स्थानीयले प्रदर्शनसहित राजमार्ग अवरुद्ध गरेका हुन् ।

उनीहरूले मध्याह्नदेखि राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा कैलाली प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले अन्य ९ जनाको भने खोजी जारी रहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *