एनएमबि बैंकको साधारण सभाले लाभांश पारित गर्‍यो

काठमाडौँ । एनएमबि बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौँको सुनधारास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले आव २०७७\७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साधारण सभाले स्वीकृत बोनस शेयर पश्चात् बैंकको चुक्ता पुँजी रु १८ अर्ब ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु १६६ अर्ब र कर्जा रु १५८ अर्ब रहेको बैंकले जनाएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा भएको साधारण सभामा बैंकका सेयर धनीहरूले आ–आफ्नो धारणा राखेका थिए ।

दि फिनान्सियल टाइम्स, लण्डनले ‘बैंक अफ दी इयर एसिया २०२१’ र ‘बैंक अफ दी इयर नेपाल २०२१’ बाट यस बैंकलाई सम्मानित पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *