मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा–७ चंगाबाडीस्थित निर्माणाधीन कल्भर्टबाट मोटरसाइकलसहित खसेर मृत्यु भएको अवस्थामा सोही ठाउँका २७ वर्षीय रमेश चौधरीको शव भेटिएको हो ।

से ३ प ६१३५ नम्बरको मोटरसाइकले च्यापिएर मृत भएको अवस्थामा चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक रमेश चौधरी बुधबार राती १० बजेतिर घरबाट निस्केको आफन्तले बताएका छ्न् ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *