झापामा आगो निभाउने क्रममा एक जनाको मृत्यु, १६ जना घाइते 

विराटनगर । आगो निभाउने क्रममा झापामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ पिपल चौकमा रहेको केशव पाठकको घरमा भएको आगलागी नियन्त्रणका क्रममा एक जनाको मृत्यु भएको र अन्य १६ जना घाइते भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका ८ का ४५ वर्षीय सारद राजवंशी रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। गए राती पाठकको टिनको छानो, चित्राको बेरा भएको  कच्ची घरमा  अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिन्डर पड्किँदा राजवंशी लगायत १६ जना घाइते भएका थिए ।

घाइतेमध्ये राजवंशीको एन्जल मेडिकल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नविनराज राईले बताए।  अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा राती नै आगलागी नियन्त्रणमा आएको छ।  आगलागीको कारण नखुलेको र  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =