दूधको मूल्य बढाउन बोर्डको प्रस्ताव

काठमाडौँ । बागमती प्रदेश दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । बुधबार बसेको बोर्ड बैठकले मूल्य वृद्धि गर्न संघीय सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । बोर्डले आगामी १४ दिनभित्र मन्त्रालयले उक्त निर्णय लागू नगरे आवश्यक कदम चाल्ने बताएको छ ।

बसुन्धरा हुमागाईँको अध्यक्षतामा बसेको बैठकले दूध उत्पादनको लागत मूल्य बढिरहेको र लामो समयसम्म मूल्य समायोजन नभएको भन्दै यस्तो निर्णय गरेको जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *