विद्यालयका कम्प्युटर अध्यक्षको घरमा

ढल्केबर । धनुषाको मिथिला नगरपालिका-८, कुसुमबिछौनास्थित आधारभूत विद्यालयका विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्न दिइएको कम्प्युटर एक वर्षदेखि अध्यक्षको घरमा थन्किएको छ। कार्यक्रमअन्तर्गत कुसुम बिछौनास्थित आधार भूत विद्यालयलाई नौ थान कम्प्युटर र एक थान ल्यापटप दिइएको थियो।

सो कम्प्युटर र ल्यापटप एक वर्षदेखि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार महतोको घरमा यत्तिकै थन्किएको छ। विद्यालयबाट कम्प्युटर चोरी हुने डरले व्यवस्थापन समितिको निर्णयबाट घरमा कम्प्युटर राखेको अध्यक्ष महतोले बताए। उनले विद्यालयको भवनहरूमा मयाल ढोका नभएकाले घरमा राख्नुपरेको जानकारी दिए।

विद्यालय हाताभित्र बन्दै गरेको नवनिर्मित भवनमा समेत झ्याल ढोका नभएको बताउँदै अध्यक्ष महतोले तीनरचार महिनाभित्र भवनको सम्पूर्ण काम सम्पन्न भएपछि कम्प्युटर सञ्चालनमा ल्याउने जानकारी दिए । भाडाको घरमा कम्प्युटर कक्षा सञ्चालन गर्ने तयारी गरे पनि घरभाडा महँगो भएकाले विद्यार्थीको प्रयोगात्मक सिकाइ रोकिएको बताए।

विद्यालयका विद्यार्थी तथा अभिभावकहरूले विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्न दिइएको कम्प्युटर अध्यक्षले घरमा राख्न पाइँदैन भन्दै छिटोभन्दा छिटो कम्प्युटरको प्रयोगात्मक कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *