बुढानिलकण्ठको नित्य पूजा (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको उत्तरी भेगमा अवस्थित बुढानिलकण्ठ मन्दिरमा रहेको हरिहरको मूर्ति नेपालका प्राचीन मूर्तिहरूमध्ये एक मानिन्छ ।

यो ठूला मूर्तिहरूमध्ये पनि एक हो । खासगरी हिन्दु धर्मावलम्बीहरूले महादेव र नारायणको संयुक्त रूप अर्थात् ‘हरिहर’कारुपमा बुढानिलकण्ठको पूजा आराधना गर्छन् ।

निलकण्ठ नाम गरेका एकजना बुढा किसानले आफ्नो खेतमा बनाएको खलोबाट जति धान निकालेपनि खलो खाली नभएपछि उक्त ठाउँमा खनेर हेर्दा रगत निस्किएको र थप खन्दा सुतेको अवस्थामा हरिहरको मूर्ति भेटिएको किम्बदन्ती रही आएको छ ।

खन्ने क्रममा मूर्तिको देब्रे खुट्टाको बुढी औँला काटिएर रगत बगेको थियो । यही किम्बदन्तीको आधारमा बुढानिलकण्ठलाई आफै उत्पत्ति भएको भन्ने जनविश्वास पनि रहिआएको छ ।

बुढानिलकण्ठलाई बद्रीनाथ र केदारनाथको संयुक्त प्रतिमूर्तिको रूपमा समेत पुजिन्छ । बद्रीनाथ र केदारनाथको संयुक्त रूपको दर्शन गर्न भारतबाट समेत बर्सेनि हजारौँको सङ्ख्यामा भक्तजन बुढानिलकण्ठ आउने गर्दछन् ।

मन्दिरमा हरेक दिन बिहान ७:३० बजेदेखि नित्य पूजा हुने गरेको छ । १६ वर्ष मुनिका बटुकहरूबाट रुद्री पाठ, सोह्र शृंगारसहितका कर्म गरी विधिवत् रूपमा नित्य पूजा गर्ने प्रचलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *