त्रिवि एलुम्नाइको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्व विद्यार्थीको समूह (एलुम्नाइ एसोसियसन) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बुधबार पद्मकन्या क्याम्पस बागबजारमा भएको कार्यक्रममा सहभागीहरुले विश्वविद्यालयको शैक्षिक, आर्थिक तथा अन्य पक्षमा सुधारका लागि एल्मुनाइको भूमिका महत्वपूर्ण रहने बताए ।

कार्यक्रममा विश्वविद्यालयका पूर्वउपकुलपतिहरु प्रा. महेश उपाध्याय, प्रा. केदारभक्त माथेमा, प्रा. तीर्थराज खनियालगायतले विश्वविद्यालयको गुणस्तर तथा साख बढाउन एलुम्नाइको भूमिका सहयोगी हुने बताए। एलुम्नाइको प्रतिनिधिलाई विश्वविद्यालयको सभासद् बनाउनुपर्ने विषयमा पनि कार्यक्रममा चर्चा भएको थियो ।

कार्यक्रममा एलुम्नाइका अध्यक्ष सुनिति श्रेष्ठ हाडाले आफूहरु विश्वविद्यालयको गुणात्मक विकासका लागि सहयोगी संस्थाका रुपमा अघि बढ्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *