‘लोक सेवा र रेल्वे कम्पनीको पदाधिकारी हुँ’ भन्दै नक्कली नियुक्ति पत्र दिने युवक पक्राउ

जनकपुर । नेपाल रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आफूलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनीको पदाधिकारी भएको भन्दै सर्वसाधारणलाई नक्कली नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा मंगलबार ती युवक पक्राउ परेका हुन् ।

महोत्तरीको पिपरा गाउँपालिका-७ निवासी ३२ वर्षीय सागरकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । लोकसेवा आयोग र नेपाल रेल्वे कम्पनीको नक्कली कागजात देखाएर ठगी गरिरहेको सूचनाका आधारमा जनकपुरधाम उपमहानगर ८ सीता प्यालेस होटल अगाडिबाट उनलाई पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *