पार्टीलाई एक ढिक्का बनाउने जिम्मा कार्यकर्ता हो : प्रधान मन्त्री देउवा

धरान । प्रधान मन्त्री शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई एक भएर लाग्न आग्रह गरेका छन् । मंगलबार धरान आएका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन गर्दै पार्टीलाई एक ढिक्का बनाउने जिम्मा कार्यकर्ताको भएको बताए ।

देउवाले पार्टीको भविष्य बनाउन पनि एकता जरुरी भएको बताएका छन् ।  उनले पार्टीमा एकता भए मात्र सरकार पनि बलियो हुने बताउँदै पार्टी एकताको सुरुवात धरानबाट हुने पनि उनले अपेक्षा राखे ।

‘धरानमा कांग्रेसले कहिल्यै जित्दैन भन्ने थियो, हाम्रो मेयरले जितिसक्नु भयो’, उनले भने, ‘अब पार्टी एकताको सुरुवात पनि धरानबाट हुनेछ भन्ने विश्वास लिएको छु ।,’  सबैको सहयोगले पार्टी सभापति भएको खुलाउँदै देउवाले यो कार्यकाल अन्तिम भएको पनि बताएका छन् ।

फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन

मंगलबार बिहान करिब १० बजे प्रधानमन्त्री देउवा हेलिकोप्टरमार्फत धरान आएका हुन् । हरेक वर्ष धरानले मनाउँदै आएको ‘धरान डे’को अवसरमा नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर १ मा कार्यालय स्थापना गरेको जनाएको छ ।

धरानका मेयर तिलक राईले धरान डेको अवसरमा पार्टीले कार्यालय स्थापना गर्दै विभिन्न कार्यक्रममा  प्रधान मन्त्री देउवा सहभागी रहेको बताए । प्रधानमन्त्री देउवाले धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् भने  धरान ८ स्थित तीनकुने सुन्दरी बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गरेको राईले बताए ।

धरानको फोहोर व्यवस्थापन गर्दै ग्यास र मल उत्पादन गर्ने लक्ष्यसहित फोहोर प्रशोधन केन्द्रको निर्माण भएको हो । करिब २६ करोडमा निर्माण पुरा भएको  प्रशोधन केन्द्रमाबाट दैनिक ५० टन फोहोर प्रशोधन गर्न सक्ने क्षमता रहेको ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *